०२ असार २०८३, मंगलबार

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

असोज १६, २०७५
साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

सिओल,-दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । 

सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी इन्टर्नेटमा ४० हजारभन्दा बढी सन्देश लेखी तत्कालिन सरकारको पक्षमा प्रचार गरेको आरोप लगाइएको छ । 

उनले तत्कालिन राष्ट्रपति ली म्युङ–वाक प्रशासनको समर्थनमा सकारात्मक विचार लेखेर उनको पक्षमा जनमत देखाउन खोजेको आशङ्का गरिएको छ । 

हाल अवकाश प्राप्त भइसकेका चोले आरोपको खण्डन गरेका छन् ।

चोको नेतृत्वमा रहेका केही पूर्व प्रहरी अधिकारीसमेतको उक्त घटनामा सम्लग्नता रहेको आरोपमा अनुसन्धान जारी रहेको छ । यद्यपि पक्राउ आदेश दिन अदालतले भने अस्वीकार गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्