२८ जेठ २०८३, बिहीबार

विसिजी खोप लगाएका  दुई शिशुको मृत्यु

असोज १५, २०७५
विसिजी खोप लगाएका  दुई शिशुको मृत्यु

खोटाङ- केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । 

साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो । 

घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । एउटै खोप केन्द्रका शिशुको मृत्युका कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जीव राईले बताए। दुई शिशुलाई असोज १० गते विसिजी खोप लगाइएको थियो । उनीहरुको मृत्यु स्वास्थ्यकर्मीको लापरवाहीका कारण भएको आफन्तले आरोप लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्