०१ असार २०८३, सोमबार

स्वघोषित अवतारी लामा टुल्कुले पाए सफाई

असोज १६, २०७५
स्वघोषित अवतारी लामा टुल्कुले पाए सफाई

काठमाडौं –काठमाडौं जिल्ला अदालतले स्वघोषित अवतारी लामा रिम्पोर्छे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई जवरजस्ती करणी मुद्धामा सफाई दिएको छ ।

न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासले सिन्धुली कुशेश्वर दुम्जा–९ का लामालाई जबरजस्ती मुद्धामा ठोस प्रमाण नपुगेको भन्दै सफाई दिएको हो ।

सोही इजलासका नायब सुब्बा पुर्ण निरौँलाले लामालाई सोमबार न्यायधीश उपाध्यायको इजलासले जबरजस्ती करणी मुद्धामा सफाई दिएको बताए । 

लामालाई उपाध्ययको इजलासले विद्युतीय कारोबार मुद्धामा दोषी ठहर गर्दै ५० हजार जरिवाना, वरामद सामाग्री जफत र पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भर्न आदेश सुनाएको अधिवक्ता बासुदेव शर्माले बताए । उनका अनुसार इजलासले विद्युतीय कारोबार मुद्धामा लामालाई सहयोग गर्ने मनिसा लामालाई पनि दोषी ठहर गर्दै २० हजार जरिवाना सुनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्