
चितवन– चितवनको रत्ननगर नगरपालिका– २ टाँडी चोकमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी २७ वर्षीय पुरुष रहेका छन् । मृत्तकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । गएराति करिब पौंने १ बजे ना ४ ख ३१२२ नम्बरको ट्रकले ना ३२ प ५०६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा राती १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।