०३ साउन २०८३, आइतबार

ऋषि धमलाको ʻअनुरागʼ हेर्न राष्ट्रियसभा अध्यक्षदेखि लालबाबु पण्डितसम्म हलमा

ऋषि धमलाको ʻअनुरागʼ हेर्न राष्ट्रियसभा अध्यक्षदेखि लालबाबु पण्डितसम्म हलमा

काठमाडौं – पत्रकार ऋषि धमलाको चलचित्र ‘अनुराग’ हेर्न राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनादेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसम्म सोमबार साँझ क्युएफएक्स सिनेमा सिभिल मल पुगेका छन् ।

पत्रकार धमलाको निमन्त्रणामा उनीहरू चलचित्र हेर्न पुगेका हुन् । साथमा कलाकार हरिवंश आचार्य, नायक भुवन केसीलगायतका कलाकार पनि चलचित्र हेर्न पुगेका थिए । 

सांगीतिक प्रेमकथामा आधारित चलचित्र ‘अनुराग’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । पत्रकार धमलाको निर्माण रहेको चलचित्रमा उनकी श्रीमती एलिजा गौतम र अभिनेता समुन्द्र पण्डितको मुख्य भूमिका छ । 

सत्यराज चौलागाईंको निर्देशनमा बनेको चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्