
काठमाडौं — लामो प्रतीक्षापछि मणिकर्णिकाको टीजर सार्वजनिक भएको छ । फिल्ममा झाँसीकी रानीका रूपमा कंगना रनावत निडर र साहसी देखिएकी छन् ।
झाँसीकी रानीका रूपमा कंगनाको दाउपेच टीजरबाट प्रस्ट हुन्छ । युद्धको मैदानमा अंग्रेजहरूलाई चुनौती दिँदै आफ्नो दत्तक पुत्रलाई लिएर लडाईं गरेकी झाँसीकी रानीको रूपमा कंगनाका अनेक रूप टीजरमा देख्न पाइन्छ ।
टीजरमा अमिताभ बच्चनको दमदार आवाज सुनिन्छ ।
फिल्म २५ जनवरी २०१९ मा सार्वजनिक हुनेछ । फिल्ममा रानी लक्ष्मीबाईको बाल्यकालदेखि बिहे र अंग्रेजहरूसँग युद्धको कथा देखाइएको छ । फिल्मको शूटिङ बनारस, आमेर र जयपुर लगायतका ठाउँमा भएको हो ।
कंगना फिल्मका सम्बन्ध एकदमै उत्साहित देखिन्छिन् ।
एजेन्सी