
काठमाडौं ।
अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेको भन्दै खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागले बानेश्वरमा रहेको संगम स्वीट्समा अर्को सूचना जारी नहुदा सम्मका लागि सिल्बन्दी गरेको छ ।
बरिस्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको संयुक्त अनुगमन टोलीले पसल सिलबन्दी गरेको पत्रकार बोमलाल गिरीले बताए ।
टोलीले संगम स्वीट एण्ड स्न्याक्सको बानेश्वरकै मिलनचोकमा रहेको कारखाना र बानेश्वर चोकमा रहेको कारखाना अखाद्य बस्तु भेटिएपछि सिलबन्दी गरेको हो ।
२०११ मै म्याद सकिएको बर्फी बनाउन प्रयोग गरिने कोकोनट पाउडर र लुगा धुन प्रयोग गरिने हाइड्रो वन भन्ने पाउडर दुध सेताो बनाउका लागि प्रयोग गरेको पाएपछि टोलीले सिलबन्दी गरी कारबाहीका लागि सिफारिस गरेको अनुगमन टोलीका सदस्य माधव तिमिल्सेनाले बताए ।
