काठमाडौं — यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार लेजर फिजिक्समा काम गर्ने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा मंगलवार गरिएको छ ।
द रोयल स्विडिश एकेडमी अफ सायन्सेजले आर्थर आश्किन, जेरार्ड मूरू र डोना स्ट्रिकल्यान्डलाई संयुक्त रूपमा पुरस्कार दिइने घोषणा गरेको हो ।
आर्थर आस्किन अमेरिकी भौतिकशास्त्री हुन् र उनलाई अप्टिकल ट्वीजर आविष्कार गरेकोमा पुरस्कार दिइएको हो । ट्वीजरले प्रकाशलाई साना पार्टिकलहरूलाई म्यानिपुलेट गराउँछ । उनले कुल पुरस्कार रकमको आधा भाग पाउनेछन् ।
फ्रान्सेली भौतिकशास्त्री जेरार्ड मूरू र क्यानडेली भौतिकशास्त्री डोना स्ट्रिकल्यान्डले चाहिँ साना र तीव्र लेजर पल्सहरू विकास गरेकाले पुरस्कार पाएका हुन् । उनीहरूको आविष्कारले आँखाको सर्जरीमा मद्दत गर्छ ।
डोना भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाउने तेस्री महिला हुन् ।
द गार्डियनबाट