०७ असार २०८३, आइतबार

प्रहरी देख्नासाथ गाँजा फालेर फरार हुन खोजेपछि

प्रहरी देख्नासाथ गाँजा फालेर फरार हुन खोजेपछि

काठमाडौं–अवैध लागूऔषध गाँजासहित चितवन र मकवानपुरबाट २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चितवन राप्ती नगरपालिका(१ बस्ने २८ वर्षीय श्रीकृष्ण लामालाई अवैध लागूऔषध गाँजा करीब १० केजी सहित प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित पूर्वपश्चिम लोकमार्गमा गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ सडक छेउमा रहेका ३ जना मध्ये २ जना १ पोका गाँजा फालेर फरार भए पश्चाकत् शंकास्पद अवस्थामा रहेका श्रीकृष्णलाई ना।३७ प ९९१२ नम्बरको मोटरसाइकल र उक्त गाँजा सहित पक्राउ गरेको हो ।

फरार अन्य २ व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुर मनहरी गाउँपालिका(७ रमनटारस्थित सडकबाट बारा जितपुर सिमरा उपमहानगरपालिका(२२ अमलेखगंज बस्ने ३८ बर्षीय प्रलादबहादुर ठकुरी करीब २ सय ९५ केजी अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका हुन् ।

सोही ठाउँस्थित ना।४ ख ३९६९ नम्बरको ट्याङ्कर जाँच गर्ने क्रममा चालक प्रलादबहादुरलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर,काठमाडौंबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

कमेन्ट गर्नुहोस्