
काठमाडौं – स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आईएमएस गु्रप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएमएस मोटर्सले पोखराको बुद्धचोकमा नयाँ शोरुमको स्थापना गरेको छ ।
शोरुम उद्घाटनको अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ ।
स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरास्थित स्याङयोङका मूल्यवान ग्राहकलाई पूर्वबजेट मूल्य तोकिएको छ । पूर्वबजेट मूल्यमा ५ लाख रुपैयाँसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्यामसङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुविधा लगायत रहेका छन् ।
गाडीको खरिदमा ३ वर्षको वारेन्टी (६० हजार किलोमिटरसम्म), सुलभ ईएमआई, १ वर्षको निःशुल्क रोड ट्याक्स, १ वर्षको निःशुल्क बिमा, ५ वर्ष निःशुल्क सर्भिसिङ, निःशुल्क एक्स्यासरिज (२५ हजारसम्म) सहुलियत रहेका छन् ।
‘हाम्रा ग्राहकले स्याङयोङप्रति गर्नुभएको विश्वासका लागि हामी आभारी छौं । पोखरामा पनि कोरियन लक्जरी एसयूभी सुविधा प्रदान गर्न पाउँदा हामी निकै खुशी छौं,’ आईएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भने ।
स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना वर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुँदै आएको छ । सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरीय इन्जिनियरिङ हो ।
कम्पनीसँग लक्जरी कार, एसयूबी, पिकअप ट्रक र एमपीभीहरू छन् । कम्पनीले संसारभर करीब १ हजार ६ सय ५८ बिक्रेतामार्फत् १ सय २८ भन्दा बढी देशमा निर्यात सञ्जाल मजबुत बनाएको छ ।