०७ असार २०८३, आइतबार

वीरगन्जमा दलका नेताले ढोगे पूर्वराजाको खुट्टा

कात्तिक २०, २०७४
वीरगन्जमा दलका नेताले ढोगे पूर्वराजाको खुट्टा
वीरगन्ज, १४ फागुन – पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य पक्षधरले राजनीतिक दल र नेताविरुद्ध नाराबाजी गरेका हुन्, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।gyanendra

वीरगन्जस्थित घन्टाघरदेखि अलखिया मठसम्म सडकको दुवैतिर लाम लागेका राजाका समर्थकले ‘नेता चोर देश छोड’, ‘नेता सबै विदेशी दलाल हुन्’, ‘राजा ल्याऊँ देश बचाऊँ’, ‘राजा जनता एक हौं’, ‘राजा कसको जनताको’, ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजारानी जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

पूर्वराजाको स्वागत कांग्रेस, एमाले, मधेसी दलका जिल्लास्तरीय नेता र कार्यकर्ताले पुष्पगुच्छाले गरेका थिए । तीमध्ये केही नेताले पूर्वराजाको खुट्टामा ढोगेका थिए ।
नाराबाजी गरेका स्वागतकर्ता र समर्थकलाई पूर्वराजाले चोकचोकमा हात हल्लाउँदै अभिवादन पनि गरेका थिए ।बारास्थित सिमराबाट बा ४ च ३८०७ नम्बरको गाडीमा शुक्रबार दिउँसो करिब साढे चार बजे वीरगन्जस्थित अलखिया मठ आएका पूर्वराजाले करिब २० मिनेट पूजाआराधना गरेका थिए । त्यसपछि उनी माईस्थान चोकस्थित गहवामाई मन्दिर पुगेका थिए। गहवामाई मन्दिरमा पनि करिब १५ मिनेट पूजापाठ गरेपछि त्यहाँबाट उनी गाडी हाँकेर सिमरा फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्