
काठमाडौं, १६ मंसिर — भारत पाकिस्तानको सीमा क्षेत्र जम्मु कश्मीरमा जारी भिडन्तमा अर्का एक नेपालीको मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत खोटाङका असीम राईको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत सोमवार भएको भिडन्तमा मारिएका सातजना भारतीय सैनिकमध्ये एक नेपाली परेका थिए ।
सोही क्षेत्रमा केही समयअघि भएको भिडन्तमा सुनसरीका विमल तामाङको मृत्यु भएको थियो ।
भारतीय सेनामा झण्डै ३० हजार नेपाली कार्यरत रहेका छन् ।