२४ असार २०८३, बुधबार

दशैंका लागि बाँकेबाट खसी काठमाडौँ पठाइँदै

दशैंका लागि बाँकेबाट खसी काठमाडौँ पठाइँदै
सन्दर्भ तस्वीर

बाँके– यहाँका उद्यमी महिलाले पालेका दुई हजार ५०० खसी आगामी दशैँका लागि काठमाडाँै पठाउने तयारी गरेका छन् । कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँ पठाउन लागिएको हो ।

काठमाडौँका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौँ पठाइने सङ्घका अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो । भारतबाट ल्याएका खसीको तुलनामा यहाँका महिलाले पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँलगायत शहरमा माग बढ्दो छ । व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका महिलाले तौलेर खसी बिक्री गर्दै आएका छन् । 

महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ । पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिलाले अहिले थोकमा बिक्री गर्न थालेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरका व्यवस्थापक विद्या गुरुङले बताउनुभयो । 

गाउँमा समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी जिल्ला सङ्घले गर्दै आएको छ । यस वर्षको दशैँका लागि भारतबाट खसी कम आएको पशु क्वारेन्टाइन चेकपोष्ट नेपालगञ्जले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्