
बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका– ९ स्थित ठुटेको जंगलमा शनिबार भएको सडक दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । बिहान करिब सवा नौ बजे दाङको तुलसिपुरदेखि बाँकेको नेपालगन्ज जाँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस (हाइस) ओभर ट्याग गर्न खोज्दा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गाडी चालक सहित चार जनाको घटना स्थल मै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा एकदर्जनबढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई कोहोलपुर स्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।