
काठमाडौं। दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’को फष्ट लुक सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको फष्ट लुक नयाँ कन्सेप्टको छ ।
चङ्गालाई नै विषेश स्थान दिएर तयार गरिएको फष्टलुकमा चलचित्रका मुख्य कलाकारहरु चङ्गामै उडेको देख्न सकिन्छ । कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेललाई फष्टलुकमा प्रस्तुत गरिएको छ ।
कात्तिक १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रलाई माधव वाग्ले र शर्मीला पाण्डेले निर्माण गरेका हुन् । चलचित्रको कथा प्रदीप भारद्वाजको लेखेका हुन । चलचित्रमा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।
‘चङ्गा चेट’ले केहि समय अगाडी ‘गोजीमा दाम छैन’बोलको गीत सार्वजनिक गरिसकेको छ । जुन गीत लोकप्रिय भैरहेको छ । त्योसंगै चलचित्रको दोस्रो गीत ‘ढल्की ढल्की’लाई पनि दर्शकले रुचाएका छन् । चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा अथिति भूमिकामा प्रस्तुत भएका छन् ।