
काठमाडौं– नेपाल कम्य’निष्ट पार्टीका अध्यक्ष प’ष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको बताएका छन् ।
राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले गाडीको गियर परिर्तन गरेजस्तै गरि सरकारको काममा गति दिन’पर्नेमा जोड दिए ।
प्रचण्डले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त पार्दै अघि बढ्ने बताए ।
चुनावमा पराजित शक्तिले परिवर्तनलाई तत्काल स्वीकार गर्न नसक्ने भन्दै प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न थप गम्भीर भएर अगाडि बढ्न’पर्ने बताए ।