
काठमाडौं– राजधानीको नयाँ बसपार्कमा सर्वसाधारण तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुमाथि लुटपाटमा गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न प्रलोभनमा पारेर बेहोस हुने औषधि मिसाइएको जुस खुवाएर धनमाल लुटपाट गर्ने धनुषाको मिथिला गाउँपालिका ४ का हरीदेव महतोलाई महानगरिय प्रहरी प्रभाग नयाँ वसपार्क र अपराध महाशाखा पिसिसिवि नयाँ वसपार्कको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।
नयाँ वसपार्क भित्रवाट विगत केही समय अघिदेखि सर्वसाधारण तथा वैदेशिक रोजगारवाट फिर्ता भएका यात्रीहरुलाई उनले विभिन्न प्रकारको प्रलोभन देखाई वेहोस हुने औषधि मिसाएको जुस खान दिएर लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।