२२ जेठ २०८३, शुक्रबार

बेपत्ता बालकको झोला र सर्ट नारायणी नदी किनारमा फेला

असोज २०, २०७५
बेपत्ता बालकको झोला र सर्ट नारायणी नदी किनारमा फेला

चितवन– भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेलापरेको छ । 

प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा गएका बालक बेपत्ता भएपछि खोजीकार्य थालिएको थियो । 
झोला र सर्ट नदी किनारमा फेला परेपछि नदीमा खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ । बालक भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्