०७ असार २०८३, आइतबार

प्रदेश सभामा नेकपा–कांग्रेस अघोषित गठबन्धन

असोज २१, २०७५
प्रदेश सभामा नेकपा–कांग्रेस अघोषित गठबन्धन

 जनकपुरधाम–प्रदेशको राजधानी, नामकरण र भाषालाई लिएर विपक्षी दल नेकपा र कांग्रेस एक भएका छन् । दुवै दलले शुक्रबारको संसद् बैठक संयुक्त रूपमा अवरोध गरे । प्रदेशको राजधानी, नामकरण तथा भाषामा नेकपा र कांग्रेसको समान धारणा छ ।

नेकपा र कांग्रेसका सांसदले शुक्रबारको प्रदेश सभामा सरकारको भनाइ र व्यवहार फरक देखिएको भन्दै बैठक अवरुद्ध गरेका थिए । प्रदेश सरकार गठन भएको झन्डै नौ महिना भइसक्दा पनि राजधानी, नाम र भाषाको विषयमा औपचारिक छलफल नगरेको दुवै दलको आरोप छ । नयाँ पत्रिकामा विस्तृतमा खबर छापिएको छ । 

कमेन्ट गर्नुहोस्