काठमाडौं– महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई शनिबार साँझ एक लाख ४० हजार घुससहित पक्राउ परे ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार उनैको संरक्षमा मुलपानीमा जुवाखाल सञ्चालित थियो । शुक्रबार राती जुवाखालमा काठमाडौं प्रहरीले छापा मार्दा २४ जना पक्राउ परेका छन् भने भाग्ने क्रममा २ जनाको मृत्यु भएको थियो ।