२० असार २०८३, शनिबार

अनमोलको ‘क्याप्टेन’ फागुनमा आउने

अनमोलको ‘क्याप्टेन’ फागुनमा आउने

काठमाडौं। अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को रिलिज मिति फाइनल गरिएको छ ।

पटक–पटक विभिन्न मितिमा प्रदर्शन हुने चर्चासंगै यसको रिलिज मिति लग गरिएको हो । यो चलचित्र महाशिवरात्रीको छेको पारी फागुनको १७ गतेबाट प्रदर्शनमा आउने निर्माण यूनिटले जानकारी दिएको छ । 

चलचित्रमा नायक अनमोल केसी फुटबल खेलाडीको भूमिकामा प्रस्तुत भएका छन् । दिवाकर भट्टराई निर्देशित चलचित्रमा अनमोलसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ । चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्