२३ असार २०८३, मंगलबार

प्रहरीभित्र कीरा र धमिरा छन्, टिपेर फाल्ने काम गर्दैछु : आईजी खनाल

प्रहरीभित्र कीरा र धमिरा छन्, टिपेर फाल्ने काम गर्दैछु : आईजी खनाल

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र केही कीरा र धमिरा रहेको बताएका छन् । महानिरीक्षक खनालले त्यस्ता कीरा र धमिराका कारण सिंगो संगठनमाथि लाल्छाना लाग्ने काम भइरहकाले टिपेर फाल्ने काम शुरु गरेको पनि बताए । 

आइतवार प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित प्रहरी दिवस रंनिङ कप भलिवल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै आईजी खनालले अब प्रहरी संगठनमाथि लान्छाना लाग्ने काम अब सहेर बस्न नसकिने बताए । 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।

‘नेपाली नागरिकले हामीबाट गल्ती भएको हेर्न चाहेका छैनन् । तर केही पदाधिकारीले गर्दा हामी लान्छित हुनुपर्ने अवस्था आएको छ,’ आईजी खनालले भने, ‘अब त्यस्ता कीरा धमिरालाई टिपेर फाल्ने काम शुरु गरेको छु । केही व्यक्तिका कारण छान्छित हुने अवस्था सैह्य हुन सक्दैन ।’

पछिल्लो समय प्रहरीका कर्मचारी घुससहित रंगेहात पक्राउ परेको विषयप्रति टिप्पणी गर्दै खनालले प्रहरी सेवामा लागेको व्यक्तिले अन्यत्र भौतिरिनु नराम्रो भएको बताए । ‘हामीले आफूमाथि विश्वास गरेर काम गर्ने हो भने हाम्रो भविश्य उज्जवल छ,’ आईजी खनालले भने, ‘आफ्नै खुट्टामा विश्वास गर्नुहोस् । अन्यत्र भौतिरिने प्रवृत्ति त्याग्नुहोस् ।’

महानिरीक्षक खनालले गलत बाटोमा लागेका कुनै प्रहरी कर्मचारी भए सहकर्मीले सुधार गर्नुपर्ने पनि बताए । ‘प्रहरी कर्मचारीले जहिले पनि राम्रो काम गर्नुपर्छ,’ खनालले भने, ‘गल बाटोमा लागेका साथीहरुलाई सच्याउनुपर्छ भन्ने भावनाले पनि काम गर्नुहोस् ।’
 

salt training

कमेन्ट गर्नुहोस्