०२ साउन २०८३, शनिबार

सभामुख स्वदेश फिर्ता, भनिन्- अब संसद् चल्छ

कात्तिक २०, २०७४
सभामुख स्वदेश फिर्ता, भनिन्- अब संसद् चल्छ


काठमाडौँ, २९ मङ्सिर - सभामुख ओनसरी घर्तीमगर संयुक्त अरब इमिरेट्सको भ्रमण पुरा गरी आज स्वदेश फर्किएकी छन् ।onsari-gharti-magar-final-358x296

अन्तरव्यवस्थापिका सङ्घ(आइपियु) र अरब इमिरेट्सको संसद्को संयुक्त आयोजनामा सम्पन्न विश्वभरका महिला सभामुखको सम्मेलन अबुधावी घोषणापत्र जारी गर्दै सम्पन्न भएको सभामुख घर्तीले जानकारी दिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साँझ कुराकानी गर्दै उनले ८० देशका प्रतिनिधि र ३६ देशका सभामुख सहभागी भएको उक्त सम्मेलन अत्यन्त महत्वपूर्ण भएको बताइन् ।

आफू अबुधावी जानुअघि प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक सहमतिका विषयमा छलफल गरेको स्मरण गर्दै सभामुख घर्तीमगरले त्यसपछि राजनीतिक दलबीचमा भएको द्विपक्षीय एवम् बहुपक्षीय छलफलले सकारात्मक वातावरण बनाएको बताए ।

राजनीतिक दलबीच भएको छलफल सकारात्मकरुपमा अगाडि बढेकाले संसद्मा विचाराधीन विषय अगाडि बढ्ने विश्वास व्यक्त गर्दै बिहीबारको संसद् बैठक सञ्चालन हुनेमा आफू ढुक्क रहेको उनले बताइन् ।
पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै उनी यही २५ गते त्यसतर्फ गएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्