
व्यवसायीहरुलाई धम्क्याई रकम उठाएको अभियोगमा काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
लाजिम्पाट तथा ठमेल एरियामा स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्सानीटारबाट उनलाई पक्राउ गरेको हो ।