१९ असार २०८३, शुक्रबार

साउदीका पत्रकार इस्तानवुलमा मारिएको दाबी

साउदीका पत्रकार इस्तानवुलमा मारिएको दाबी

टर्कीका अधिकारीहरुले चार दिनदेखि हराइरहेका साउदी पत्रकार जमल खशोग्गी इस्तानवुलस्थित साउदी महावाणिज्य दुतावासमा मारिएको दाबी गरेका छन् । 

उनलाई दुतावासको प्रांगणमा मारेर लास घिसारेर लगेको टर्कीका अधिकारीहरुले बताएका छन् । खशोग्गीको हत्या पहिले योजना बनाएर गरिएको अधिकारीहरुले विश्वास गरेका छन् । उनीहरुले साउदी अधिकारीहरु खशोग्गी महावाणिज्य दुतावास जाने कुरा थाहा पाए पछि उनलाई मार्नको लागि रियादबाट इस्तानबुल आएको विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्