०९ असार २०८३, मंगलबार

इरानमा भारी वर्षाका कारण सातजनाको मृत्यु

इरानमा भारी वर्षाका कारण सातजनाको मृत्यु

काठमाडौं — इरानको उत्तरी र उत्तरपश्चिमी क्षेत्रमा विगत दुई दिनदेखि भारी वर्षा हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । 

समाचार संस्था इस्नाले यसको जानकारी दिएको छ । 

तीन राज्य माजानदारान, गिलान र गोलेस्तानमा भएको भारी वर्षापछि आएको बाढीका कारण सडक, पुल र अन्य संरचनाहरू भत्किएका छन् । बाढीको पानीमा कारहरू फसेका छन् र ग्रामीण क्षेत्रमा बिजुली र ग्यासको आपूर्ति प्रभावित भएको छ । 

शुक्रवारदेखि पानी पर्न थालेको हो । विगत २० वर्षमा यो सबभन्दा भारी वर्षा हो । 

घरमा पानी जमेर मानिसको बिजोग भएपछि राहत तथा उद्धारकर्मीहरूलाई पम्प अपरेटरहरूका साथ प्रभावित क्षेत्रमा पठाइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्