२० असार २०८३, शनिबार

सीके राउतसहित ३ जना पक्राउ

सीके राउतसहित ३ जना पक्राउ
फाइल तस्बिर

काठमाडाैं– स्वतन्त्र मधेसका अभियान्त डा. सीके राउतसहित ३ जना पक्राउ परेका छन् । 

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन अाएका राउतलाई प्रहरीले अदालत बाहिरबाट पक्राउ गरेको हो । 

राज्य विप्लवको मुद्दामा तारेखमा रिहा भएका राउत आइतवार जिल्ला अदालतमा उपस्थित भएका थिए । 

अदालत बाहिरबाट राउत र उनका समर्थकसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले लोकान्तर डटकमलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्