
विपद् न्यूनीकरणका लागि अन्तराष्ट्रिय दिवश आइडीडीआर २०१८ को सप्ताहाव्यापी कार्यक्रमको “विपद् जोखिम न्यूनीकरणका लागि लागानी बढाऔं आर्थिक क्षति घटाआंै” भन्ने मूल नाराका शुरु गरिएको छ ।
आज भृकुटीमण्डपबाट ¥यालीको शुभारम्भ गरी भद्रकाली, सहिदगेट, न्युरोड गेटबाट रत्नपार्क हुदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमचं, डिपीनेट, राष्ट्रिय प्रकोप ब्यवस्थापन संजाल नेपाल (डिमान) र अन्तराष्ट्रिय गैर सरकारी संस्था, कार्य समूहको सयुक्त आयोजनामा संचालन गरिएको उक्त ¥यालीमा नगरपालिका सघं, गाउँपालिका महासघं, युएनडीपी, नेपाल रेडक्रस लगाएत विभिन्न सघं संस्थाहरु र फ्रेण्ड्स सर्भिस काउन्सिल नेपालको परियोजना क्षेत्र चाँगुनारायण नगरपालिका र महालक्ष्मी नगरपालिकाका स्थानिय समुदायको पनि सहभागिता रहेको थियो साथै नेपाल प्रहरीको ब्याण्ड बाजा सहितको सहभागिता रहेको थियो । कायक्रमको शुभारम्भ तथा समापन गृह मन्त्रालय विपद् व्यवस्थापन तथा सुरक्षा महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरेले गर्नु भएको थियो । कार्यक्रमको संचालन तथा उद्देश्य माथी प्रकाश डिपीनेट तथा डिमानका अध्यक्ष सूर्य बहादुर थापाले गर्नु भएको थियो ।
विपद् न्यूनीकरणका लागि अन्तराष्ट्रिय दिवश २०१८ सप्ताहा व्यापी रुपमा राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु मनाउन लागिरहेको छ । विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिहरुलाई बढावा दिन तथा जनचेतना अभिवृद्धिका लागि संयुक्त राष्ट्र संघको महासभाले सन् १९८९ मा गरेका निर्णय अनुरुप हरेक वर्ष विभिन्न नाराका साथ विपद् न्यूनीकरणका लागी अन्तराष्ट्रिय दिवश मनाउदै आईरहेका छ । संयुक्त राष्ट्र संघले सन २०१५ मा सेन्डाई ७ लक्ष्य प्राप्तिका अभियान सुरुवात गरी ७ वर्षका ७ लक्ष्यलाई बढावा दिने कार्यको थालनी गरिएको छ ।
नेपालमा पनि गृह सचिवको अध्यक्षतामा रहेको विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमचंको अगुवाई डिपीनेट नेपालको समन्वय र अन्तराष्ट्रिय गैर सरकारी संस्था, कार्य समूह, नगरपालिका सघं, गाउँपालिका महासघं, युएनडीपी, नेपाल रेडक्रस लगाएत विभिन्न सघं संस्थाहरुको आयोजनामा सप्ताहा ब्यापी कार्यक्रम मनाउन लागिएको हो ।
फ्रेण्ड्स सर्भिस काउन्सिल नेपाल राष्ट्रिय प्रकोप ब्यवस्थापन संजाल नेपाल (डिमान) र डिपीनेट नेपाल दुबैको सदस्यको रुपमा रहेको छ ।