२६ असार २०८३, शुक्रबार

चाबहिल प्लाजामा सुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर

चाबहिल प्लाजामा सुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर

काठमार्डौको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशैं कार्निभल योजना संचालनमा ल्याएको छ । विजयदशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहार सहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो । 

असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजना अन्तर्गत चाबहिल प्लाजामा एक हजार रुपैयाँ भन्दामाथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको एक सयसिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ । 

चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँ सम्मको खरिदमा ग्राहकले साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ । दिए । उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी,रेफ्रिजिरेटर, वाशिङ मेसिनतथा सपिङ भौचर समेत जित्न सक्नेछन् । 

कार्निभल योजना कात्तिक २० गतेसम्म संचालन छ । उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमपनि संचालन हुने प्लाजाले जनाएको छ । 

डेढ महिना अघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाबहिलचोकमा रहको प्लाजामा पार्किङको राम्रो व्यवस्था छ । प्लाजामा मोबाइल, ग्रामेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् । यसै गरी बैंक, इन्स्योरेन्स, एजुकेशनल कन्सल्टेन्सी तथा फिजियो थेरापी लगायतका आउटलेट पनि प्लाजामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्