
काठमाडौं– निर्मला पन्त हत्या प्रकरणका आरोपी बम दिदीबहिनीको घरमा रंग लगाइएको विषयलाई छानबिन समितिले नकारेको छ । बमको घरमा नयाँ रंग लगाइएको भन्ने व्यापक चर्चामा आएको भए पनि घरभित्र गएर हेर्दा त्यस्तो नपाइएको समितिले प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै अम्बाको बोट काटिएको प्रकरणमा ‘अल्लारे केटाहरु चढेर खाने, होहल्ला गर्ने र छोरीहरुले पनि मन नपराउने हुँदा काटेको’ भन्ने व्यहोराको बयान बम दिदीबहिनीका बाबु दीपेन्द्र बहादुरले दिएका छन् । उनले १७ साउनमा सो रुख काटेको पनि बताएका छन् ।