१३ असार २०८३, शनिबार

कैदीको पानी सर्केर मृत्यु

असोज २१, २०७५
कैदीको पानी सर्केर मृत्यु

रामेछाप- जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो । 

पानी खानेबेलामा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आज मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिए । २०६९ चैत्र १२ गते कैद परेको कैदी सुशील श्रेष्ठलाई २०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्