
काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित कार्यदलले हत्या योजनाबद्ध भएको र त्यसमा प्रहरीको संलग्नता रहेको निष्कर्षसहित सरकारलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका निलम्बित एपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ ।
किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको बताएका छन् ।
तर, उनको नागरिकतामा भने २०५६ साल १० वैशाखमा उनको जन्मदिन देखिएको भन्दै शंकास्पद ठहराएको हो ।
विष्टले १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताएका छन् । सो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने बेहोरा पनि शंकास्पद रहेको प्रतिवेदनमा छ । राजधानी दैनिकमा खबर छापिएको छ ।