२७ जेठ २०८३, बुधबार

राष्ट्रकवि घिमिरेको समभिनन्दन, भन्छन्– 'बाँच्न हौसला मिल्यो'

राष्ट्रकवि घिमिरेको समभिनन्दन, भन्छन्– 'बाँच्न हौसला मिल्यो'

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको बताउनुभएको छ । सयौँ जन्मोत्सवका उपलक्ष्यमा राष्ट्रकवि घिमिरेलाई समभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साहित्यका माध्यामबाट नेपाल र नेपालीलाई असाधारण गुण लगाएको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौँ जन्मोत्सव अभिनन्दन समारोह समिति र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबार प्रज्ञा–प्रतिष्ठान कमलादीमा उक्त कार्यक्रम भएको थियो । “घिमिरेका काव्यमा नेपालीपन पाइन्छ, कवि मन र काव्यात्मकता पाइन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रियतालाई मजबुद गर्ने काममा उहाँको ठूलो योगदान छ ।” “हिमालको कुरा गर्दा, देशको सिमाना बोलिरहेको हुन्छ, नेपाली मन र नेपाली भावना बोलिरहेको हुन्छ”, उहाँले थप्नुभयो ।


समभिनन्दनपछि मन्तव्य राख्नुहुँदै राष्ट्रकवि माधवप्रसाद घिमिरेले यस्तो ऐतिहासिक कार्यक्रम कहिल्यै अनुभूति नभएको प्रतिक्रिया दिनुभयो । उक्त कार्यक्रममा आफ्नो आँखाबाट चारपटक आँशु झरेको उल्लेख गर्नुहुँदै उहाँले प्रधानन्त्रीसमेत आएर बोल्दा र प्रेरणा दिँदा बाँच्नका लागि ठूलो हौसला मिलेको बताउनुभयो । “यसले मलाई अझै रचना गर्न प्रेरित गरेको छ”, घिमिरेको भनाइ थियो ।

उहाँको समभिनन्दनका लागि कलाकार लम्जुङबाट आएका थिए । कलाकारले मौलिक नृत्य र गीत प्रस्तुत गरेका थिए । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले १०० वर्षसम्म निरन्तर काव्य साधना गर्ने व्यक्ति विश्व रङ्गमञ्चमा नहोला भन्दै गिनिज बुक्स अफ वर्ड रेकर्डमा नाम लेखाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्