०५ असार २०८३, शुक्रबार

आयातकर्ताको स्वार्थमा काम गर्दै यातायात व्यवस्था विभाग

असोज २२, २०७५
आयातकर्ताको स्वार्थमा काम गर्दै यातायात व्यवस्था विभाग

वीरगन्ज- यातायात व्यवस्था विभागले भारतमा निर्मित तीन पांग्रे सवारी साधनका आयातकर्ताहरुको स्वार्थमा काम गर्ने गरेको देखिएको छ ।

 भारतमा निर्माण भई नेपालमा आयात हुने जेएसए मोटर्सको तीन पांग्रे टेम्पो आयात गर्ने आयात कर्ताहरुले कम्पनीले इञ्जिन क्षमतको मापदण्ड विपरित यातायात व्यवास्था विभागलाई प्रभावमा पारेर तीन पांग्रे टेम्पोको दर्ता गर्न निर्णय गराउने गरेको पाईएको हो ।

 विभागको पूरानो तथ्यांक अनुसार भारतमा निर्माण भएको जेएसए कम्पनीको पेट्रोल टेम्पो ६ प्लस १ को सिट क्षमता भएको भएपनि अहिले यातायात विभागका कर्मचारीहरुको मिलेमतोमा एउटै कम्पनीमा निर्मित समानान्तर क्षमताको इञ्जिन भएको टेम्पोलाई पनि फरक फरक सिट क्षमता उल्लेख गरेर दर्ता गरेको पाईएको छ । काराेबार दैनिकले खबर छापेकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्