
काठमाडौं–अभिनेत्री शुभेक्षा थापालाई दर्शकहरु अभिनय भन्दा अन्य हर्कतका कारण बढी चिन्छन् । कहिले बेडसिन, कहिले ट्याटु, कहिले माछा त कहिले खादाले गोप्यअंग छोपेर गरिएको फोटोसुटका कारण उनी चर्चामा रहिन् । उनले यसअघि चलचित्रका लागि गरेका हर्कत हुन यी । जुन उनका चलचित्र प्रदर्शन ताका चलचित्र चलाउनका लागि रचिएका थिए । चलचित्र यात्राको झण्डै डेढ दशक पुग्दा पनि दर्शकमाझʻमार्कʼहुन नसकेकी शुभेक्षा रातारात चर्चामा आउन विगतमा यस्तै हर्कत अपनाउँदै आइन् ।
तर अपवाद गत शुक्रबारबाट उनै शुभेक्षा साधारण भूमिकामा प्रस्तुत भएको र कुनै हर्कतबिनै चलचित्र ʻनिर्जलाʼ प्रदर्शनमा आयो । सधै हट एण्ड बोल्ड अवतारमा देखिने शुभेक्षा चलचित्र रिलिजको सेरोफेरोमा लोकान्तरसँग गफिन भ्याइन् । हट एण्ड बोल्ड नायिकाको पहिरन साधारण थियो । केही समय आफ्नाविगत र वर्तमानका बारेमा गफिइन् ।
काठमाडौंमा जन्मेकी शुभेक्षा सानैदेखी अभिनयमा रुचि राख्थिन् । सानै उमेरदेखि रंगमञ्चमा काम गरिन् । रंगमञ्चमा काम गर्दै गर्दा केही नाटक र टेलिसिरियलमा उनको दैनिकी बित्न थाल्यो । २०६२ सालताका उनले ʻधु्रवताराʼचलचित्रमा काम गर्ने अवसर पाइन् ।
त्यसबेलादेखि हालसम्म झण्डै ७० वटा चलचित्रमा काम गरिसकेको उनले बताइन् । अभिनयको दौरानमा न उनी अभिनेत्रीमा दरो देखिइन् न त चलचित्र नपाएर खालि नै बसिन् । केही चलचित्रमा उनी आफै निर्मात्री समेत बनिन् । औसत हिसाबले उनको चलचित्र यात्रा अघि बढ्यो ।
पछिल्ला केही वर्षयता भने उनी अनेक कारण चर्चामा आइन् । ति चर्चाका कारण शुरुमै उल्लेख छ ।
सधै चलचित्र प्रदर्शनताका अनेक हर्कत अपनाउने तपाईको यसपटक त त्यस्तो केही आएननी ? भन्ने प्रश्नमा उनले जवाफ थियो – ʻहर्कत भन्दापनि विगतमा ती कुरा चलचित्र पब्लिसिटीका लागि गरिएको थियो । कोही सिनका कारण चर्चामा आए त कोही फोटोसुटका कारण । निर्जला एउटा साधारण युवतिको भूमिकामा आधारित चलचित्र हो । जहाँ म गाउँले यूवतिको भूमिकामा प्रस्तुत भएकी छु । हामीले राम्रो चलचित्र बनाएका कारण पनि त्यस्तो केही आवश्यक नपर्ने सोँच्यौ ।ʼ
सधै हट एण्ड बोल्न रुपमा प्रस्तुत हुने नायिकाले के अब ट्रयाक चेञ्ज गर्न खाजेको हो ?ʻमिडियामा त्यस्तै समाचारहरु आईरहेका छन्, तर त्यसो होइन्, दर्शकले मलाई दिनुभएको ट्याग त सधैभरी रहिरहन्छ । हट नायिका, बोल्ड नायिका त म सधै छँदैछु । यतिमात्र हो म हरेक क्यारेक्टरमा फिट हुन सक्छु, हट नायिका सिम्पल रुपमा पनि आउन सक्छ भन्ने देखाउनका लागि होʼ–उनले भनिन् ।
उनका अनुसार कलाकारले पाएको ट्याग कहिल्यै हराउँदैन् । उनले आफूलाई दर्शकले दिएको हट नायिकाको उपनाम सधैभरी रहिरहने बताइन् । ʻकलाकारितका अनेक रुप हुन्छ निर्जलामा मैले निभ्याएको भूमिका कलाकारिताको अर्को रुप हो यो मेरो कलाकारिताको अर्को रुप हो । जहाँ म नितान्त सोझी रुपमा आएकी छु तर ट्रयाक नै परिवर्तन गर्न खोजेको चाँही होइन्– उनले खुलाईन् ।
झण्डै तीनवर्षअघि उनले माछाले स्तन छोपेर गराएको फोटोसुट, खादाले गाप्यअंग छोपेर गरिएको फोटोसुटले चलचित्र क्षेत्रमा राम्रै तरंग ल्याएको थियो । उनी यी कुराले विवादमा तानिएकी थिइन् र अन्नतःमाफी माग्न बाध्य भएकी थिइन् ।
विवादमा तानिन त्यस्ता हर्कत किन गर्छिन त शुभेक्षा ?
रिलिजपूर्व चलचित्रलाई चर्चामा ल्याउन अनेक फण्डाहरु अपनाएको उनले खुलाइन् । तर कतिपय कुराहरु भूलवस भएको उनी बताउँछिन् ।
माछा लिएर गरिएको फोटोसुट चलचित्रʻमिस नेपालʼचल्नुपूर्वको फोटोसुट थियो । खादाले गोप्यअंग ढाकेर गरिएको फोटोसुट भने भूलवस भएको उनको जिकिर थियो । ʻअरु चलचित्र प्रमोशनकै लागि गरिएको कन्ट्रोभर्सी भएपनि खादाको कुरा भने मिष्टेकले भएको हो,ʼउनले भनिन् ʻत्यसमा हामीले माफी पनि मागिसकेका छौं ।ʼजोशमा होस् गुमाएकी शुभेक्षाले जानिजानी गरेपनि कुराकानीका क्रममा यो कुराबारे भने पन्छिन् नै खोजिन ।
यस कुराले उनलार्इ निकै पश्चाताप लाग्यो रे । खादाको कुरा जीवनमै उनलाई सबैभन्दा बढी पश्चाताप लागेको घटना हो । त्यस्तो हर्कत कहिल्यै नदोहोर्याउने उनी बताउँछिन् ।
भन्छिन्,–ʻहामी कलाकार भनेको राष्ट्रको गहना हौं । हामी सधै दर्शकको मन जीत्न हिँडछौं । अभिनयमार्फत दर्शकलाई खुसी बनाउन चाहान्छौं । हामीले दर्शकको चित्तदुख्ने काम कहिल्यै गर्नुहुँदैछ । तर त्यो घटनाले धेरै दर्शकहरुले मन दुखाउनुपर्यो । धेरै दर्शकबाट म आलोचित हुनुपर्यो । त्यो घटना मेरो जीवनकै सबैभन्दा बढी पश्चाताप लागेको घटना हो ।ʼ
।ʼ
उनी आउँदा दिनमा यस्ता हर्कत नदोहोर्याउने प्रण गर्छिन् । अनि हट सिननि?ʻत्यो त अहिलेका दर्शकले खोज्छन् नै तर चित्त नै दुख्ने गरी भने गर्छिन्ʼ– उनले भनिन् ।