०२ असार २०८३, मंगलबार

भारतको सुरक्षा संयन्त्रमा फेला परे पाकिस्तानी जासूस

भारतको सुरक्षा संयन्त्रमा फेला परे पाकिस्तानी जासूस

काठमाडौं — भारतको सुरक्षा प्रतिष्ठानमा ठूलो चुक देखिएको छ । नागपुरस्थित ब्रह्मोस युनिटबाट पाकिस्तानी जासूसी संस्था आईएसआईका एजेन्ट पक्राउ परेका छन् । 

उनले ब्रह्मोससम्बन्धी प्रविधि र अन्य गोप्य जानकारी पाकिस्तान र अमेरिकालाई दिने गरेको छ । महाराष्ट्र र उत्तर प्रदेशका आतंकप्रतिरोधी इकाइले संयुक्त कारवाही गर्दै उनलाई पक्राउ गरेको हो । 

आतंकप्रतिरोधी दस्ताले उनलाई सोधपुछ गरिरहेको छ । उनले अहिलेसम्म के के सूचना लीक गरे भनी सोधपुछ चलिरहेको छ । 

उनलाई अफिसियल सिक्रेट एक्टअन्तर्गत पक्राउ गरिएको हो । अचम्मको कुरा त ती पाकिस्तानीलाई सन् २०१७–१८ को यंग साइन्टिस्ट अवार्ड पनि पाइसकेका छन् । 

सूत्रहरूका अनुसार, आइतवार रातिदेखि एउटा टोली ती व्यक्तिलाई ट्य्राक गर्ने कोशिश गरिरहेको थियो । सोमवार उनलाई पक्राउ गरिएको हो । उनको नाम निशान्त अग्रवाल भएको बताइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्