
काठमाडौं – टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको चरम यात्रा पार गरेको छ ।
खुशीयाली मनाउन टीभीएस मोटर कम्पनीले आफ्नो विश्वव्यापी बजारमध्ये एक महत्त्वपूर्ण बजार रहेका नेपालमा र्यालीको आयोजना गरेको छ । सोमवारबाट शुरू भएको र्यालीमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले टेकुको टीभीएस शोरुममा उद्घाटन गरेसँगै ३ दिने लामो यात्रा शुरू भयको छ ।
अन्तर्राष्ट्रिय ६ चालकसहित टीभीएस अपाचे बाइकमा सवार हुँदै काठमाडौं, पोखरा र चितवन भएर कम्तिमा पनि ५ सय किलोमिटर गुडी अन्तिममा काठमाडौंमा २ अक्टोबरमा फर्केर र्याली सम्पन हुनेछ ।