२९ असार २०८३, सोमबार

प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर देखियो – नेता कोइराला

प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर देखियो – नेता कोइराला

चितवन – नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् ।

सोमवार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताए । उनले भने, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उनले संसदीय दल कमजोर बनेको बताए ।

अर्काे एक प्रसङ्गमा उनले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताए ।

नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्