३१ जेठ २०८३, आइतबार

भारतमा इन्धनको मूल्यवृद्धि, पेट्रोलको मूल्य अब प्रति लिटर नेरु १३१

भारतमा इन्धनको मूल्यवृद्धि, पेट्रोलको मूल्य अब प्रति लिटर नेरु १३१

नयाँदिल्ली-भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । 

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ । 

मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ । 

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गर्नुभएको थियो । उहाँले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गर्नुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्