२३ असार २०८३, मंगलबार

जङ्गलमा मानव कङ्काल फेला

असोज २२, २०७५
जङ्गलमा मानव कङ्काल फेला

बनेपा– काभ्रेपलाञ्चोकको बनेपा–९ लामा गाउँस्थित ठूलो गहिरो जङ्गलमा आज मानव कङ्काल फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रविराज खड्काका अनुसार रुखमा नाइलनको डोरीमा हाडको सानो भाग अड्किएको र जमीनमा हाड मात्रै थुप्रिएर रहेको अवस्थामा फेला परेको छ । प्र
हरीले सो ठाउँबाट मानव कङ्काल, नीलो रङको ट्र्याकसुट, कालो रङको प्लाष्टिकको जुत्ता र खाली झोला फेला पारेको छ । प्रहरी उपरीक्षक खड्काले भने, “घटनास्थलको अवस्था हेर्दा पुरुषको जस्तो देखिन्छ, फेला पारिएका कङ्काल परीक्षणको लागि काठमाडौँस्थित फरेन्सिक मेडिसिन विभाग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाई थप अनुसन्धान गरिरहेका छौँ ।” 

salt training

कमेन्ट गर्नुहोस्