०१ असार २०८३, सोमबार

पाकिस्तानमा १३ बर्ष अघिको विध्वंशकारी भूकम्पको सम्झना

असोज २२, २०७५
पाकिस्तानमा १३ बर्ष अघिको विध्वंशकारी भूकम्पको सम्झना

इस्लामावाद- पाकिस्तानमा तेह्र बर्ष अघि आएको विध्वंशकारी भूकम्पको विभिन्न कार्यक्रममार्फत सम्झना गरिएको छ । 
पाकिस्तानमा सन् २००५ को अक्टोबर ८ तारिखका दिन गएको भूकम्पमा परी झण्डै एक लाख मानिसको मृत्यु भएको थियो । घटनामा परी अरु लाखौं घरबारबिहीन भएका थिए । 
सो भूकम्पका कारण विषेश गरेर देशको उत्तरी क्षेत्रमा बढी नोक्शान भएको सोमबार स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 
विषेश प्रार्थना, सेमिनार, फोटो प्रदर्शनी, दिप प्रज्ज्वलन, चेतनामुलक ¥यालीलगायतका कार्यक्रमहरू गरी विभिन्न शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्थालगायतले उक्त कहालीलाग्दो दिनको स्मरण गरेका हुन् । 
सामाजिक सञ्जालहरूमा पनि त्यतिबेलाको भूकम्पको सम्झना गर्दै आगामी दिनमा सतर्क हुनुपर्नेतर्फ जोड दिइएको थियो । 
तेह्र बर्ष अगाडीको सो भूकम्प ७.६ म्याग्नीच्युडको थियो । घटनामा परी दशौं हजार घाइते भएका थिए । 
भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै १९ हजार जना बालबालिका रहेका थिए । भूकम्पले हजारौ विद्यालय भवनहरु पनि भत्किएको थिए । 

salt training

कमेन्ट गर्नुहोस्