२३ जेठ २०८३, शनिबार

राष्ट्रपति कार्यालयको नयाँ भवन बन्ने

असोज २३, २०७५
राष्ट्रपति कार्यालयको नयाँ भवन बन्ने

काठमाडौँ-राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ ।  हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हो ।  अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरू अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएकोले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यालय निर्माण हुन लागेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्