२७ जेठ २०८३, बुधबार

दशैंमा पाँच टाउके महादेवको दर्शन गर्न पाइने

दशैंमा पाँच टाउके महादेवको दर्शन गर्न पाइने

काठमाडौं–बडादशैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरीमा पाँचटाउके महादेवको अवलोकन दर्शन गर्न पाइने भएको छ । घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमासम्म यी महादेवसँग भक्तजनले साक्षात्कार गर्न पाउने छन् । 

पुजारी पुरुषोत्तम कर्माचार्यले यसको व्यबस्थापन गरिने जानकारी दिए । धार्मिक क्षेत्रमा महादेव, जुँगे महादेव र पाँच टाउके महादेवको आआफ्नै महत्व रहेको धार्मिक ग्रन्थहरूमा वर्णन छ ।

अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार यहाँको शक्ति पीठ झङ्केश्वरी, वनकाली, गुह्येश्वरी, भुवनेश्वरी, जयवागेश्वरीमा विशेष अर्चना यो पल्ट हुँदैछ भने अमालकोटमा रहेको तलेजुमा पनि योपल्ट भव्य अर्चना हुँदैछ ।

पाँच टाउके महादेवको मूर्ति अवलोकन दुर्लभ मानिन्छ । राजराजेश्वरी पीठमै यी महादेव रहेकाले बडादशैँ, चैतेदशैँ र प्रत्येक शुक्ल अष्टमीमा यी महादेवको अर्चना हुन्छ । नवदुर्गा पनि भनिने यो पीठमा बडादशैँमा नवरात्र मेला लाग्छ ।

salt training

कमेन्ट गर्नुहोस्