०६ असार २०८३, शनिबार

दशैंको मुखमा ज्ञानेन्द्र परिवारसहित किन जाँदैछन् भारत ?

असोज २३, २०७५
दशैंको मुखमा ज्ञानेन्द्र परिवारसहित किन जाँदैछन् भारत ?

काठमाडौं–थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भारतको धार्मिक भ्रमणमा सहभागी हुन  मुम्बई जाने कार्यक्रम तय भएको छ । 
उनी मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कातिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता जनाउनेछन्। पूर्वराजा ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ । राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत जाने भएका छन् । आयोजक समितिले नेपालबाट हजारौं धार्मिक कार्यकर्ता जुटाउन आग्रह गरेपछि शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितको समूह लागिपरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्