
काठमाडाैं-उपत्यकामा करिब ५ सय जना चोर सक्रिय रहेकेा खबर प्रहरीलाई उदृत गर्दै अाजकाे काराेबार दैनिकमा खबर छापिएकाे छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उपत्यकामा शृङ्खलावद्ध चोरी-डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रूपमा सक्रिय छन् । पछिल्लो तीन वर्षमा देशभर ५ हजार भन्दा बढी चोरीका घटना दर्ता भएकोमा १ हजार ५ सयभन्दा बढी चोरी काठमाडौं उपत्यमामा भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको अभिलेखमा उल्लेख छ ।