
काठमाडौं–मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको आजको खेल शुरु भएको छ । नेपालले चौथो खेलमा आज भुटानको सामना गर्दैछ ।
युकेएम वाईएसडी ओभलमा शुरु भएको खेलमा भुटानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । अघिल्ला तीन खेलमा लगातार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले चौथो खेलमा पनि जित निकाल्ने लक्षका साथ मैदानमा उत्रिएको छ ।
तुलनात्मक कमजोर टिम भुटानविरूद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटान ३ खेलबाट २ अंकसहित पाँचौ स्थानमा छ । छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ ।