काठमाडौं, १४ फागुन– विभिन्न पार्टी परित्याग गरि ६३६ युवा आफ्नो पार्टीमा प्रवेश गरेको नयाँ शक्तिले जनाएको छ ।
.JPG?1488038921545)
संयुक्त जनजाति संघ नेपालका संयोजक सन्तोष विके राई, सुशासन महाअभियानका संयोजक मणि पोखरेल (प्रकाश विकल्प), अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय कोषाध्यक्षबाट प्रेम खड्का, अखिल नेपाल टे«ड युनियन क्रान्तिकारी महासंघबाट विष्णु अधिकारीको नेतृत्वमा र माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेसलगायतका पार्टीहरु परित्याग गरी ६३६ जना नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबाट शनिबार नया शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्वागत गरेका थिए ।