०७ असार २०८३, आइतबार

दशैंतिहारका अवसरमा नेकपाको चियापान कात्तिक १० गते भृकुटीमण्डपमा

दशैंतिहारका अवसरमा नेकपाको चियापान कात्तिक १० गते भृकुटीमण्डपमा
फाइल फोटो

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपाले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आगामी कात्तिक १० गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएपछि पहिलो पटक चियापान कार्यक्रम हुन लागेको हो । अघिल्ला वर्षहरूमा एमाले र माओवादीले छुट्टाछुट्टै कार्यक्रम गर्ने गरेका थिए ।

पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन् ।

'नेकपाले यस वर्षको चियापान २०७५ कात्तिक १० गते शनिवार भृकुटीमण्डपमा गर्ने भएको छ,' रिजालले फेसबुकमा लेखेका छन् ।

नेपालीहरूको ठूला चाडपर्वको अवसर पारेर प्रमुख दलहरूले बर्सेनि चियापान कार्यक्रम गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्