
काठमाडौं — सामाजिक सञ्जालमा एउटा नियम सूची खुबै चर्चामा छ । एक युवतीले बनाएको यो लिस्टमा उनको प्रेमीलाई लक्षित गरिएको छ ।
युवतीले प्रेमीका लागि २२ वटा नियम बनाएकी छन् ।
रमाइलो कुरा त, यो सूची एउटा कारमा थियो र कार हालै बेचिएको थियो । कार किन्ने व्यक्तिले नियमको लिस्ट सामाजिक सञ्जालमा हालेपछि भाइरल भयो ।
यस्ता छन् केही नियम :
तिमीसँग कुनै पनि सिंगल केटीको नम्बर हुनुहुँदैन ।
तिमी कुनै पनि केटीलाई इन्स्टाग्राम, स्न्यापच्याट वा ट्विटरमा फलो गर्न पाउँदैनौ ।
तुम कीगन भन्ने साथीसँग कहिल्यै समय बिताउन पाउँदैनौ । उसको घर पनि नजाऊ, सार्वजनिक स्थानमा पनि नजाऊ ।
तिमी होन्डा बाइकमा मलाई नलिइकन जान पाउँदैनौ ।
हप्तामा दुईचोटि भन्दा बढी तिमी साथीहरूसँग रल्लिन पाउँदैनौ ।
तिमी कुनै पनि सिंगल केटीलाई हेर्नेछैनौ ।
कुनै केटी कुनै ठाउँमा वा समयमा तिमीनजिक आई भने तिमी पर जानेछौ ।
मो भन्ने साथी हामीसँग जतिखेर पनि जहाँ पनि हुनुहुँदैन ।
तिमीले मलाई सेक्स गर्नका लागि कहिल्यै भन्न पाउँदैनौ ।
तिमी मसँग कुनै पनि कुरामा रिसाउनेछैनौ ।
तिमी म नहुँदा रक्सी पिउने छैनौ ।
मैले जुनबेला मन लाग्यो तिम्रो फोन चेक गर्न पाउनुपर्छ ।
म तिमीसँग हुँदा कुनै पनि केटी हामीनजिक आउन पाउँदिन ।
मैले तिमीलाई कुनै केटीसँग भेटें भने तिम्रो हत्या गरिदिन्छु ।
हामीहरू हप्तामा कम्तीमा दुईचोटि डेटिङमा जानेछौं ।
मलाई तिमीलाई हाम्फाल्न भनें रे, तिमीले ‘हस्, राजकुमारी’ भन्नुपर्छ ।
मेरो मेसेजको जवाफ दिनलाई तिमीले १० मिनेटभन्दा बढी लगाउनुहुँदैन ।
एजेन्सी