०५ असार २०८३, शुक्रबार

भारतीय स्टील उद्योगमा भयानक विष्फोट, चार वर्षअघि पनि भएकाे थियाे यस्तै विस्फोट

भारतीय स्टील उद्योगमा भयानक विष्फोट, चार वर्षअघि पनि भएकाे थियाे यस्तै विस्फोट

नयाँ दिल्ली- भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको दुखद घटनामा नौ जनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएका छन्, भारतीय प्रहरी महानिरिक्षक जि.पी. सिंहले सञ्चारमाध्यमलाई बताए । 

विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानविन समिति बनाइएको छ । 
उक्त उद्योगमा चार बर्ष पहिले पनि विस्फोट भएको थियो । उक्त घटनामा चार श्रमिकको मृत्यु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्